काठमाडाैं । कोरोना भाइरस संक्रमणबाट नेपालमा थप एक जनाको मृत्यु भएको छ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखराकाे आईसोलेसनमा भर्ना गरिएका कोरोना संक्रमणको कारण स्याङ्जाका एक वृद्धको आइतबार निधन भएको हो।
योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १४ पुगेको छ।
वालिङ नगरपालिका स्थायी ठेगाना भएका बर्ष ६० का वृद्धको निधन भएको निर्देशनालयका निर्देशक डा विनोद विन्दु शर्माले बताएका छन् ।