सलह नेपाल आउन नसक्ने, नेपालमा तत्काललाई सलहको संकट टर्‍याे

सलह नेपाल आउन नसक्ने, नेपालमा तत्काललाई सलहको संकट टर्‍याे

काठमाडौं । नेपालको पश्चिमी सीमाबाट छिर्ने प्रयासमा रहेका सलह फट्यांग्राको संकट तत्काललाई टरेको छ।

कृषि तथा पशुपक्षी विकास मन्त्रालयले विनाशकारी फट्यांग्रा भारतबाट नेपालमा तत्कालका लागि प्रवेश गर्न नसक्ने दाबी गरेको खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा राजेश बर्माले लेखेका छन्।

मन्त्रालयअन्तर्गतको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका अनुसार सलहका लागि प्रतिकूल मौसम सुरु भएकाले नेपालमा तत्काल यसको प्रवेश हुने छैन।

सलह फट्यांग्रो प्रवेश रोकथाम र नियन्त्रणका लागि मन्त्रालयले गठन गरेको कार्यदलका संयोजक तथा प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख सहदेव हुमागाईंका अनुसार नेपालमा यसको प्रवेश तत्काललाई टरेको हो।

मनसुनी वर्षा सुरु भएसँगै नेपालमा सलहको प्रवेश रोकिएको हुमागाईंले बताए।