क्वारेन्टाइनबाट घर फर्कँदै गर्दा मृत्यु भएका सुर्खेतका युवामा काेराेना पाेजिटिभ

क्वारेन्टाइनबाट घर फर्कँदै गर्दा मृत्यु भएका सुर्खेतका युवामा काेराेना पाेजिटिभ

सुर्खेत । पश्चिम सुर्खेतमा आरडीटी परिक्षणकाे रिपाेर्ट नेगेटिभ आएपछि क्वारेन्टिनबाट घर फर्किँदा बाटैमा ज्यान गुमाएका एक युवामा काेराेना पुष्टि भएको छ । 

बिहीबार बिहान घर फर्कँदै गर्दा मृत्यु भएका पञ्चपुरी नगरपालिका ती युवककाे स्वाब परिक्षणमा काेराेेना देखिएकाे हाे ।

युवकको स्वाबको रिपोर्ट शुक्रबार बिहान २ बजे आएकाे र त्यसमा काेेराेना पाेजिटिभ देखिएकाे कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका प्रयोगशाला संयोजक ओम आचार्यले पुष्टि गरे । ‘डेथ भएकोले प्राथमिकता दिनु भनिएको थियो । राति २ बजेसम्म काम गरेर रिपोर्ट निकाल्यौं । पोजेटिभ आएको छ,’ उनले भने ।

 जेठ ७ गते भारतबाट आएका उनी त्यहीँकाे एक क्वारेन्टिनमा बसेका थिए । याे सँगै कर्णाली प्रदेशमा मात्र काेराेनाबाट ज्यान गुमाउनेकाे संख्या २ पुगेकाे छ भने देशभर ११ पुगेकाे छ । यसअघि दैलेखमा एकजनाले काेराेनाकै कारण ज्यान गुमाएका थिए ।

 यद्दपी संघीय स्वास्थ्य मन्त्रालयले यसकाे आधिकारीक जानकारी दिइसकेकाे छैन ।