स्वास्थ्यमन्त्री एक्सनमा, स्वास्थ्य सेवा विभागका महानिर्देशकसहित ६ जनाको सरुवा

स्वास्थ्यमन्त्री एक्सनमा, स्वास्थ्य सेवा विभागका महानिर्देशकसहित ६ जनाको सरुवा

काठमाडौं । स्वास्थ्य मन्त्री भानुभक्त ढकालले स्वास्थ्य सेवा विभागका महानिर्देशक सहित ६ जनाको जिम्मेवारी हेरफेर गरेका छन् । बिहीबार मन्त्रीस्तरीय निर्णय गर्दै मन्त्री ढकालले विभागका महानिर्देशक रहेका महेन्द्रप्रसाद श्रेष्ठ, विभागका व्यवस्थापन महाशाखाका निर्देशक भोगेन्द्रराज डोटेललाई मन्त्रालय तानेका छन्।

श्रेष्ठको ठाँउमा डा. दीपेन्द्ररमण सिंह र डोटेलको ठाउँमा एड्स तथा यौनरोग केन्द्रका निर्देशक डा. रमेश खरेललाई पठाइने भएको छ । 

यस्तै प्रसूतिगृह अस्पतालका निर्देशक डा. जागेश्वर गौतमलाई पनि मन्त्रालय सरुवा गरिएको छ भने उनको ठाउँमा कोशी अस्पतालका निर्देशक डा. संगिता कौशललाई ल्याइएको छ।