नेप्सेमा सुधार

काठमाडौ : लगातार ओरालो लागेको शेयर बजारमा आज भने दोहोरो अंकले बढेको छ । बुधबार नेप्से ८.७३ अंकले बढेर परिसूचक ११२४.४७ बिन्दुमा पुगेको छ । कुल १६९ वटा कम्पनीको ९ लाख ९० हजारभन्दा बढी कित्ता शेयर ३० करोड ८२ लाख रुपैयाँभन्दा बढीमा कारोबार भएको छ । यस दिन कारोबारमा आएका सबै समूह बढेका छन् ।

आज नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको शेयर कारोबार सबैभन्दा धेरै अर्थात २ करोड ८२ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । आज प्रभु इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । यस कम्पनीको शेयरमूल्य ९।५० प्रतिशतले बढेको छ ।

समग्र परिसूचक बढेको दिन बरुण हाइड्रोपावर कम्पनीको लगानीकर्ताले भने गुमाएका छन् । यस कम्पनीको शेयर मूलय करिब आठ प्रतिशतले घटेको छ ।