सिडिओसहित ४४ जना उच्चपदस्थ कर्मचारीको सरुवा, को कहाँ पुगे ?

सिडिओसहित ४४ जना उच्चपदस्थ कर्मचारीको सरुवा, को कहाँ पुगे ?

काठमाडौ‌ं । गृह मन्त्रालयले  ४४ जना सहसचिव र उपसचिवको सरुवा गरेको छ ।  मन्त्रालयले प्रमुख जिल्ला अधिकारीसहित ४४ जनाको सरुवा गरेको हो । जेठ १८ गते भएको गृहमन्त्रालयको मन्त्रीस्तरको निर्णयबमोजिम विभिन्न कार्यालयमा कार्यरत सहसचिव र उपसचिवहरुको सरुवा, काज तथा पदस्थापना गरिएको हो । 

सुर्खेतका प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेलाई जिल्ला प्रशासन कार्यालय पाल्पामा सरुवा गरिएको छ । त्यस्तै पाल्पाका सीडीओ यादव सुवेदीलाई गृहमन्त्रालयको सहसचिवका रुपमा काजमा खटाइएको छ । त्यस्तै दार्चुलाका सिडिओ यदुनाथ पौडेललाई जिल्ला प्रशासन कार्यालय धनुषा पठाइएको छ।  

त्यस्तै गृहमन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा कार्यरत सहसचिव हिरालाल रेग्मीलाई सुर्खेतको सीडीओमा पदस्थापन गरिएको छ। त्यसैगरी बर्दियाका सीडीओ प्रेम लामिछानेलाई गृह मन्त्रालयमा सरुवा गरिएको छ।  जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायक सीडीओ जीवन आचार्यलाई संखुवासभाको सीडीओमा सरुवा गरिको छ।