झापाका २७ काेराेना स‌ंक्रमितले अस्पतालमा भर्ना पाएनन, रातभर गेटबाहिर बसे

झापाका २७ काेराेना स‌ंक्रमितले अस्पतालमा भर्ना पाएनन, रातभर गेटबाहिर बसे

विर्तामाेड । झापाको कचनकवल गाउँपालिकाका शुक्रबार पुष्टि भएका २७ जना कोरोना भाइरस संक्रमितहरुले अस्पतालमा भर्ना पाएका छैनन्।

यो समाचार तयार पार्दासम्म उनीहरु अस्पतालको गेट बाहिरै बसिरहेका छन्। उनीहरुलाई शुक्रबार बेलुकै धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो।

प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे अस्पतालको अवस्था बुझ्न जाँदै गरेको जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलले बताए।

झापामा अहिलेसम्म १०७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

मेची अस्पताल भद्रपुरमा कोरोना भाइरस संक्रमितको उपचारका लागि व्यवस्थाका लागि काम अगाडि बढाउने भनिए पनि स्थानीयबासीको अवरोधका कारण संभव हुन सकेको छैन।