नेपाल भारत सीमा विवादबारे पाकिस्तानी प्रधानमन्त्रीको टिप्पणी, 'भारत छिमेकीका लागि खतरा'

नेपाल भारत सीमा विवादबारे पाकिस्तानी प्रधानमन्त्रीको टिप्पणी, 'भारत छिमेकीका लागि खतरा'

नेपाल भारतबीच सीमा विवाद उत्कर्षमा छ । भारतले नेपाली भूभाग अतिक्रमण गरेर मानसरोवर जोड्ने सडक उद्घाटनपछि नेपालले विरोध गरेको छ । पहिलोपटक नेपालले मिचिएको भूभाग समेत समेटेर प्रशासनिक र राजनीति नक्सा पनि जारी गरिसकेको छ । 

भारतले उक्त नक्सा अस्वीकार गर्ने जनाएको छ । 

यसो त भारतको विवाद नेपालसँग मात्र हैन । पाकिस्तानका विषयमा पनि उत्तिकै विवाद छन् । 

नेपाल भारत जारी विवादलाई लिएर पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारत छिमेकका लागि खतरा भएको बताएका छन् । 
इमरानले ट्वीटरमा नेपालको प्रसंग जोड्दै भारत छिमेकको हित नचाहने पनि भनेका छन्। 

उनले नागरिकता कानुनबाट बंगलादेश, सीमा विवादबाट नेपाल र झुठा शैन्य अपरेशनका नाममा पाकिस्तानलाई जिस्क्याएको बताएका छन् । 
खानले भारतीय समकक्षी नरेन्द्र मोदीलाई जर्मन शासक हिटलरसँग तुलना पनि गरेका छन् । अतिवादी र अहंकारी शासक भएको खानले मोदीमाथि आरोप लगाएका छन् ।  

All this after illegal annexation of IOJK, a war crime under 4th Geneva Convention, & laying claim to AJK. I have always maintained the fascist Modi Govt is not only a threat to India's minorities by relegating them to 2nd class citizens' status, but also threat to regional peace

— Imran Khan (@ImranKhanPTI) May 27, 2020