नेपालमा कोरोना संक्रमितको संख्या ५ हजार पुग्न सक्ने सरकारको अनुमान

नेपालमा कोरोना संक्रमितको संख्या ५ हजार पुग्न सक्ने सरकारको अनुमान

सरकारले नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ५ हजार पुग्न सक्ने अनुमानसहित सोही अनुसारको तयारी गर्न थालेको छ । संक्रमितको संख्या ५ हजार सम्म पुग्ने नयाँ अनुमान गर्दै सरकारले त्यसअनुसार आवश्यक स्वास्थ्य सामग्रीको खरिद प्रक्रिया अघि बढाएको  जनाएको छ ।

कोरोनाभाइरस नियन्त्रणका लागि खटिएको जनशक्तिका लागि आवश्यक हुने व्यक्तिगत सुरक्षा सामग्री (पीपीई), मास्क, पन्जा जस्ता सामान खरिदका लागि सरकारले स्वीकृति दिएको छ। अहिलेसम्म ५१ हजार ६४२ नमुनाको पीसीआर विधिबाट परीक्षण भएको छ।

अहिले मौज्दात रहेका स्वास्थ्य सामग्रीबाट अरू ५० हजारभन्दा बढीको परीक्षण गर्न सक्ने अवस्था नभएपछि स्वास्थ्य सामग्री खरिदको प्रकिया अघि बढाइएको स्वास्थ्य सेवा विभागका व्यवस्थापन महाशाखा प्रमुख भोगेन्द्रराज डोटेलले बताए ।