बाँके र बर्दियामा थप ५ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ६०८ पुग्यो

बाँके र बर्दियामा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पीसीआर परीक्षणमा बाँकेका ४ जना र बर्दियाका एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रतिष्ठानका कामु रजिस्टार कैलाशप्रसाद देवका अनुसार बर्दियाको बासगढी नगरपालिका–९ का २५ वर्षका युवकमा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै बाँकेको राप्ती सोनारी गाउँपालिका–५ का २४, २३, २३ र १६ वर्षका पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको देवले जानकारी दिए ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ६०८ पुगेको छ भने ८७ जना उपचारपछि घर फर्किएका छन् । ३ जनाको निधन भैसकेको छ ।