नुवाकोटमा पहिलोपटक कोरोना संक्रमण पुष्टिः ४२ जिल्लामा संक्रमण फैलिँदा संक्रमितको संख्या ६ सय नाघ्यो

काठमाडौंः नुवाकोटमा पहिलोपटक कोरोना संक्रमित फेला परेका छन् । ककनीका ३९ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो । नुवाकोटमा संक्रमण देखिएसँगै संक्रमण ४२ जिल्लामा फैलिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कूल ६०३ जनामा संक्रमण पुष्टि भएको छ । जसमा ५२४ पुरुष र ७९ जना महिला छन् ।


मन्त्रालयका अनुसार आइतबार विराटनगरमा भएको परीक्षणबाट मोरङका १ जनाको संक्रमण पुष्टि भएको हो । यस्तै, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा बाराका १, वीरगन्जका ३, रौतहटका १, सर्लाहीका १, रुपन्देहीमा २ जना तथा काठमाडौंका एक जनामा संक्रमण पुष्टि भएको हो । काठमाडौंका संक्रमित सोह्रखुट्टेका हुन् । ६९ वर्षीय पुरुष रहेको मन्त्रालयले जनाएको छ ।

भैरहवामा भएको परीक्षणमा रुपन्देहीका ३ जना र कपलिवस्तुका ३ जना पुरुषमा संक्रमण पुष्टि भएको हो । यस्तै, गुल्मी मदानेका १ जनामा पनि संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार नारायण अस्पताल वीरगंजबाटसात जना डिस्चार्ज भएका हुन् ।