काेराेना अपडेटः विश्वभर ३ लाख ४० हजार भन्दा बढीकाे मृत्यु, करिब ५३ लाख संक्रमित

काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएकाे काेभिड १९ (काेराेना भाइरस) बाट विश्वभर ५२ लाख ८८ हजार ३ सय ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

जोन हप्किन्स विश्वविद्यालयले  आइतबार बिहान तथ्यांक निकाल्दै यसकाे पुष्टि गरेकाे हाे ।

जसअनुसार अमेरिकामा सवैभन्दा धेरै ६ लाख २१ हजार ६ सय ५८ जनामा संक्रमण पुष्टि भएकाे छ भने रुसमा ३ लाख ३५ हजार ८ सय ८२, ब्राजिलमा ३ लाख ३० हजार ८ सय ९०, बेलायतमा २ लाख ५८ हजार ५ सय ४, स्पेनमा २ लाख ३५ हजार २ सय ९०, इटालीमा २ लाख २९ हजार ३ सय २७, फ्रान्समा १ लाख ८२ हजार ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

विश्वभर ३ लाख ४० हजार ८ सय ७५ जनाको कोरोना संक्रमणपछि मृत्यु भएको छ। मृत्यु हुनेको संख्या पनि अमेरिकामा नै सर्वाधिक छ। आइतबार बिहानसम्म त्यहाँ ९७ हजार ४८ जनाको मृत्यु भएको छ।