बारामा एकैपटक थपिए ६ कोरोना संक्रमितः भक्तपुरमा पनि थप, संक्रमितको संख्या ५१६ पुग्यो

बारामा एकैपटक थपिए ६ कोरोना संक्रमितः भक्तपुरमा पनि थप, संक्रमितको संख्या ५१६ पुग्यो

काठमाडौंः थप ९ जनामा कोरोान संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र हेटौंडामा भएको परक्षिणमा थप ९ जनामा सक्रमण देखिएको हो ।

जसमा हेटौंडामा एक र भक्तपुरमा एक महिलामा संक्रमण देखिएको छ । यस्तै, सप्तरीमा एक पुरुषमा संक्रमण भेटिएको छ । बारामा ६ जना पुरुषमा संक्रमण फेला परेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार उनीहरु सबै स्वास्थ्यकर्मीको सम्पर्कमा छन् । हालस्म्म सबैको अवस्था सामान्य रहेको छ ।