काेराेना संक्रमणबाट ज्यान गुमाएकी सुत्केरी महिलाकाे परिवारका सबैजना डिस्चार्ज हुँदै

काेराेना संक्रमणबाट मृत्यु भएकी सिन्धुपाल्चाेककी महिलाकाे परिवारका सबै सदस्य अस्पतालबाट डिस्चार्ज हुने भएका छन् ।

सुत्केरी ती महिलाकाे काेराेना संक्रमणकै कारण मृत्यु भएकाे पुष्टि भएपछि नवजात शिशु, श्रीमान र आमालाई धुलिखेल अस्पतालकाे आइसाेलेसनमा राखिएकाे थियाे ।

तर उनीहरु मध्ये कसैमा पनि काेराेना संक्रमण नदेखिएपछि आज डिस्चार्ज दिन लागिएकाे अस्पतालका प्रवक्ता डा. सुमन ताम्राकारले जानकारी दिनुभयाे ।

२९ वर्षीया महिला त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा वैशाख २३ गते भर्ना भएको र त्यसको भोलिपल्ट बच्चा जन्माएर वैशाख २५ गते घर फर्किएकी थिइन्। तर घर पुग्नासाथ उनमा स्वासप्रस्वासमा समस्या देखिएपछि अस्पताल लगिएकाे थियाे ।