नेपालगञ्जबाट २१ काेराेना संक्रमित डिस्चार्ज हुँदै, कोरोनालाई जित्नेकाे संख्या ७० पुग्यो

नेपालगञ्जका २१ जनाले कोरोना भाइरस संक्रमित शुक्रबार अस्पतालबाट डिस्चार्ज हुँदैछन्।

नेपालगञ्ज उपमहानगरपालिका ७ का पहिलो संक्रमित ६० वर्षीय पुरुषसहित नेपालगन्ज ८ जोलाहनपुरका २० जना गरी २१ जना कोरोना भाइरसबाट निको भएका हुन् ।

सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा उपचार गराइरहेका उनीहरुको भाइरस परीक्षणमा नेगेटिभ रिपोर्ट आएपछि डिस्चार्ज दिन लागिएको अस्पतालले जनाएको छ।

कोरोना भाइरसलाई पराजित गर्नेहरुको संख्या ७० पुगेको छ।