थप ३ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमित ४५७ पुगे

थप ३ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमित ४५७ पुगे

बिहीबार साँझ नेपालमा थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ सय ५७ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डाक्टर समिर अधिकारीका अनुसार भेरी अस्पताल नेपालगंज र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमितमध्ये ३ जनाको निधन भैसकेको छ भने ४९ जना उपचारपछि घर फर्किएका छन् ।