कपिलवस्तुमा क्वारेन्टाइनमा बसेका ४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । कपिलवस्तुमा थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मायादेवी गाउँपालिका– ४ का ३ जना र वडा नं ३ का एक जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

उनीहरु १४ दिनअघि भारतको मुम्बईबाट आएर गाउँपालिकाको क्वारेन्टाइनमा बस्दै आएका थिए । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ३७९ पुगेको छ ।