बाँकेमा ४७ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या ३५१ पुग्यो

बाँकेमा थप ४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालस्थित प्रयोगशालामा १९० जनाको परीक्षण गर्दा ४७ जनाको रिपोर्ट पोजेटिभ आएको छ । यसअघि सोमबार बिहानै ९ जनामा संक्रमण देखिएको थियो।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ३५१ पुगेको छ । संक्रमितमध्ये २ जनाको निधन भैसकेको छ भने ३६ जना उपचारपछि घर फर्किएका छन् ।