३० जिल्लामा फैलियो कोरोना संक्रमणः थप तीन नयाँ केस पुष्टि, संक्रमितको संख्या २९५ पुग्यो

काठमाडौं नेपालमा थप तीन जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । विराटनगरका दुई जना र धनकुटाका एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको प्रदेश १ को सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

थपिएका दुबै नयाँ जिल्ला हुन्। यसअघि संक्रमण २८ जिल्लामा थियो। मोरङ र धनकुटामा फैलिएसँगै संक्रमण ३० जिल्लामा पुगेको हो।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पीसीआर परीक्षणमा विराटनगरको मिल्स एरियाका दुई जना र धनकुटाका एक जनामा कोरोनाको सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको हो । धनकुटाका ३४ वर्षीय महिला हुन्। मोरङका २९ वर्षीय महिला र ३६ वर्षीय पुरुष हुन्।

योसँगै कोरोना सङ्क्रमितको सङ्ख्या दुई सय ९५ भएको छ । ३६ जना उपचारपछि निको भएका छन् भने दुई जनाको ज्यान गएको छ ।