काठमाडौंः कोरोनाबाट निधन भएकी महिला सुत्केरीपछि काठमाडौंबाट सिन्धुपाल्चोक नभइ टोखामा बसेको खुलेको छ । स्वास्थ्य मन्त्रालयले उक्त विवरण सार्वजनिक नगरे पनि टोखा नगरपालिकाले मृतक बसेको स्थान सिल नै गरेको छ । जोखिम न्यूनीकरणका लागि भन्दै स्थान सिल गरिएको हो ।
नगर प्रमुख प्रकाश अधिकारीले विज्ञप्ति जारी गर्दै निधन भएकी महिला आफन्तकोमा बसेको स्थान सिल गरिएको बताएका छन् ।