मृतक महिलाको उपचारमा संलग्न दश जनालाई क्वारेन्टाइनमा पठाइँदैः आफन्तको स्वाब संकलन, बस्ती सिल

मृतक महिलाको उपचारमा संलग्न दश जनालाई क्वारेन्टाइनमा पठाइँदैः आफन्तको स्वाब संकलन, बस्ती सिल

काठमाडौंः धुलिखेल अस्पतालमा मृत्यु भएकी महिलासँग सम्पर्कमा आएकाको कोरोना परीक्षणका लागि नमूना संकलन सुरु गरिएको छ । मृतकका श्रीमान, आमा, छोरा तथा अन्य स्थानीयको समेत स्वाब संकलन गर्न स्वाथ्यकर्मीको टोली खटिएको छ ।

सिन्धुपाल्चोक राम्चेकी २९ वर्षीय महिलाको धुलिखेल अस्पतालमा निधन भएपछि उक्त क्षेत्र त्रासमा परेको छ । मृतकको धुलिखेलमा भएको कोरोना परीक्षण पोजेटिभ देखिएको छ । थप परक्षिण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भइरहेको छ ।

बिहीबार ती महिलाको अस्पतालमा मृत्यु भएको थियो । अस्पतालले उपचारमा संलग्न दश चिकित्सक टोलीलाई क्वारेन्टाइनमा लैजाने तयारी गरेको अस्पताल स्रोतले जानकारी दियो ।
यस्तै, संक्रमण जोखिम न्यूनीकरणका लागि बाह«बिसे नगरपालिकाको वडा नम्बर ९ र बलेफी गाउँपालिकाको वडा नम्बर ८ र ९ सिल गर्ने निर्णय भएको छ ।