कोरोना अपडेटः ज्यान गुमाउनेको संख्या ३ लाख ८ हजार नाघ्यो

कोरोना अपडेटः ज्यान गुमाउनेको संख्या ३ लाख ८ हजार नाघ्यो

कोरोना भाइरसबाट विश्वभर ज्यान गुमाउनेको संख्या ३ लाख ८ हजार ६ सय ५१० पुगेको छ । महामारीबाट ४६ लाख २६ हजार ४८७ जना संक्रमित भएका छन् भने १७ लाख ५७ हजार मानिस कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन् ।

जोन हाप्किन्स विश्वविद्यालयका अनुसार अहिलेसम्म अमेरिकामा सबैभन्दा बढी १४ लाख ४२ हजार ९२४ जना संक्रमित भेटिएका छन् भने ८७ हजार ४९३ जनाको ज्यान गएको छ । संक्रमितको संख्याका हिसाबले रुस दोस्रो स्थानमा छ । त्यहाँ दुई लाख ६२ हजार ८४३ जना संक्रमित भेटिएकामा दुई हजार ४१८ जनाको मृत्यु भएको छ।

बेलायतमा दुई लाख ३८ हजार संक्रमित भेटिएकामा हालसम्म ४३ हजारभन्दा बढी मानिसको ज्यान गइसकेको छ। नेपालको दक्षिणी छिमेकी देश भारतमा हालसम्म ८२ हजार मानिसमा संक्रमण देखिएको छ। त्यहाँ दुई हजार ६४९ जना संक्रमितको मृत्यु भएको छ।

नेपालमा भने २६७ जनामा संक्रमण देखिएकोमा ३६ जना उपचारपछि घर फर्किएका छन् ।