नेपालमा थप तीन जनामा काेराेना संक्रमण, संक्रमितकाे संख्या २४९

नेपालमा थप तीन जनामा काेराेना संक्रमण, संक्रमितकाे संख्या २४९

नेपालमा थप ३ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयाेगशालामा गरिएकाे परिक्षणमा विहीवार साँझ थप तीन जनामा काेराेना पाेजिटिभ देखिएकाे हाे ।

मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीका अनुसार  काठमाडाैं दहचाेकका ७ वर्षीय बालक, धादिङकी ३० वर्षीया महिला र जनकपुरकाे  धनुषा  निवासी १७ वर्षीया किशाेरीमा गरी ३ जना काेराेना संक्रमित थपिएका हुन् ।

याे सँगै नेपालमा काेराेना संक्रमितकाे संख्या २४९ पुगेकाे छ । यसअघि आज बिहान पनि ३ जनामा काेराेना संक्रमण पुष्टि भएकाे थियाे ।