शिक्षण अस्पतालकी संक्रमित बालिकालाई कोरोना उपचार यूनिटमा सारियो, चिकित्सकसहित ३८ जना क्वारेन्टाइनमा

शिक्षण अस्पतालकी संक्रमित बालिकालाई कोरोना उपचार यूनिटमा सारियो, चिकित्सकसहित ३८ जना क्वारेन्टाइनमा

शिक्षण अस्पताल महाराजगञ्मा उपचाररत ६ वर्षकी कोरोना संक्रमित बालिकालाई कोरोना उपचार युनिटमा सारिएको छ । शिक्षण अस्पतालका अनुसार अस्पतालको अन्य नियमित ओपिडि सेवा जारी छ । उपचारमा संलग्न चिकित्सक, नर्स लगागत ३८ जनालाई क्वारेन्टाइनमा राखिएको छ ।

अस्पतालको न्यूरो वार्डमा उपचाररत बालिकाको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको थियो । उनलाई कपिलवस्तुबाट उपचारका लागि शिक्षण अस्पताल ल्याइएको थियो । न्यूरो वार्डमा रहेका ५ जना बिरामीलाई नै गणेशमानसिंह भवनमा बनाइएको आइसोलेसन वार्डमा सारिएको छ । साथै उपचारमा संलग्न चिकित्सक, नर्स, काठमाडौं ल्याउने आफन्तलाई पनि क्वारेन्टाइनमा राखिएको छ ।

उनीहरु सबैको थ्रोट स्वाब संकलन गर्ने तयारी भइरहेको अस्पतालका कोभिड-१९ व्यवस्थापन समितिका संयोजक डा. सन्त कुमार दासले जानकारी दिएका छन् ।