स्वास्थ्य मन्त्रालयले गल्ती सच्याउँदै भन्याेः कोरोना संक्रमितको संख्या २४५ नै

स्वास्थ्य मन्त्रालयले गल्ती सच्याउँदै भन्याेः कोरोना संक्रमितको संख्या २४५ नै

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार बिहान ७ जना नयाँ संक्रमित थपिएको भनेर दिएको त्रुटिपूर्ण तथ्यांक सच्याएको छ।

कपिलबस्तु र काठमाडौंबाहेक धनुषा, महोत्तरी र सर्लाहीमा ५ जना नयाँ संक्रमित थपिएको भनेर मन्त्रालयले सूचना दिएको थियो।

धनुषा, महोत्तरी र सर्लाहीमा पाँचजना संक्रमित पाइएको पुष्टि गएको मंगलबार नै मन्त्रालयले गरेको थियो। तर बिहीबार बिहानको रिपोर्टमा तिनै बिरामी दोहोरिएका भन्दै रिपोर्ट पुनः सच्याइएको छ।