थप ७ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २५० पुग्यो

काठमाडाैं । नेपालमा  ७ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  सर्लाही, धनुषा, महोत्तरी, काठमाडौं र कपिलबस्तुमा गरी बिहीबार ७ जना कोरोना संक्रमित थपिएका हुन् ।

मन्त्रालयका अनुसार काठमाडाैं चन्द्रागिरीका एकजना पुरुष, कपिलवस्तुकी ६ वर्षीया बालिका लगायतमा संक्रमण देखिएकाे हाे ।