थप २४ जनामा काेराेना संक्रमण पुष्टि

थप २४ जनामा काेराेना संक्रमण पुष्टि

काठमाडौं । बुधवार साँझ थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयाेगशाला र प्रादेशिक जनस्वास्थ्य प्रयाेगशा रुपन्देहीमा गरिएकाे परिक्षणमा थप २४ जनामा संक्रमण पुष्टि भएकाे हाे । 

मन्त्रालयका सहप्रवक्त डा. समिरकुमार अधिकारीका अनुसार रुपन्देहीका १२, कपिलवस्तुका ८, पर्साका ३ र नवलपरासीका १ जनामा संक्रमण देखिएको हो ।

यो सँगै नेपालमा संक्रमितको संख्या २४३ पुगेको छ । यसअघि आजै दिउँसाेमात्र दुईजनामा संक्रमण पुष्टि भएको थियो ।