काठमाडौं । बुधवार थप दुईजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको पीसीआर परिक्षणमा कपिलवस्तुका एक पुरुषमा र धुलिखेल प्रयोगशालामा गरिएको परिक्षणमा बाँकेका एक पुरुषमा संक्रमण पुष्टि भएको हो ।
यो सँगै नेपालमा संक्रमितको संख्या २१९ पुगेको छ ।