भारतले दुई सयबढी नेपालीलाई सुटुक्क सीमा कटायो

भारतले दुई सयबढी नेपालीलाई सुटुक्क सीमा कटायो

भारतीय क्वारेन्टाइनमा रहेका नेपालीहरुलाई भारतले रातारात सीमा क्षेत्रमा ल्याएर छाडेको छ । कोरोना भाइरसको प्रभाव बढ्दै गएपछि भारतका विभिन्न शहरबाट स्वदेश फर्किन लागेका नेपालीलाई लकडाउन उल्लंघन गरेको भन्दै भारतीय प्रहरीले क्वारेन्टाइनमा राखेका थियो । भारतीय पक्षले ४० दिनपछि आइतबार ७५ र सोमबार एक सय ७६ जना नेपालीलाई टनकपुर नाका भएर ब्रम्हदेव ल्याएर छाडेको हो ।

भारतीय क्वारेन्टाइनबाट ल्याइएका सबै नेपालीलाई सशस्त्र प्रहरीले भीमदत्त नगरपालिका-४ महेन्द्रनगर स्थित बैजनाथको क्वारेन्टाइनमा राखेको छ । लामो समयसम्म भारतीय क्वारेन्टाइनमा बसेका नेपालीहरुले मातृभूमि टेक्न पाउँदा आफुहरु खुसी भएको बताए ।

भारतीय सीमावर्ती क्वारेन्टाइनमा रहेका नेपालीहरुलाई एकाएक सीमासम्म पु९याएपछि भारतीय क्वारेन्टाइनमा रहेका अन्य नेपालीहरुले पनि स्वदेश फिर्ताको माग गरेका छन् । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले स्वदेश फर्किएका नेपालीहरुको स्वास्थ्य परीक्षण गरिने बताए । भारतीय प्रहरीले नेपाली पक्षको सहमति र समन्वयविनै एक्कासी सीमासम्म ल्याएर फिल्मशैलिमा छाडेको जनप्रतिनिधिले आरोप लगाएका छन् ।