कोरोना अपडेटः २ लाख ८७ हजारको मृत्यु, ४२ लाख ५३ हजार संक्रमित

कोरोना अपडेटः २ लाख ८७ हजारको मृत्यु, ४२ लाख ५३ हजार संक्रमित

विश्वमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ लाख ८७ हजार २ सय ५७ पुगेको छ। विगत २४ घण्टामा कोरोनाबाट ३ हजार २ सय ५२ जनाले ज्यान गुमाएका छन् । कोरोना भाइरका बिरामीको संख्या ४२ लाख ५३ हजार ८ सय २ पुगेको छ। त्यस्तै १५ लाख २५ हजार १ सय ९३ जना निको भएका छन् ।

४६ हजार ९ सय ५६ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरले पछिल्लो विवरण सार्वजनिक गरेको छ। अमेरिकामा सबै भन्दा धेरै बिरामी छन्। त्यहाँ १३ लाख ८५ हजार २ सय ६२ संक्रमित रहेका छन् । अमेरिकामा ८१ हजार ७ सय ५९ जनाले ज्यान गुमाउँदा २४ घण्टामा थप ९ सय ७२ जनाको मृत्यु भएको छ ।

स्पेनमा २ लाख ६८ हजार संक्रमित छन्। त्यहाँ २६ हजार ७ य ४४ जनाको मृत्यु भएको छ। बेलायमा ३२ हजार ६५ जनाको मृत्यु भएको छ। त्यस्तै २ लाख २३ हजार ६० संक्रमित रहेका छन् ।

रुसमा एकै दिन ११ हजार ६ सय ५६ संक्रमित थपिएका छन् । त्यहाँ संक्रमितको संख्या २ लाख २१ हजार ३ सय ४४ पुगेको छ। रुसमा हाल सम्म २ हजार ९ जनाको ज्यान गएको छ।

भारतमा ७० हजार ७ सय ६८ संक्रमति रहेका छन् भने २ हजार २ सय ९४ जनाको ज्यान गएको छ । नेपालमा भने १३४ जनामा संक्रमण देखिएकोमा ३३ जना उपचारपछि घर फर्किएका छन् ।