लकडाउनको धज्जी उडाउँदै मुख्यमन्त्री शाही

लकडाउनको धज्जी उडाउँदै मुख्यमन्त्री शाही

कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र सामाजिक विकासमन्त्री दल रावललगायतको टोली सोमबारदेखि कोरोना भाइरस ९कोभिड–१९० नियन्त्रण रोकथामका लागि कर्णालीका विभिन्न जिल्लाको भ्रमणमा निस्किएको छ । भ्रमणका क्रममा मुख्यमन्त्री शाही र सामाजिक विकासमन्त्री रावलले लकडाउनकै धज्जी उडाएका छन् ।

सोमबार हेलिकोप्टरमार्फत जुम्लाहुँदै हुम्लाको सर्केगाड गाउँपालिकामा पुगेका सामाजिक विकासमन्त्री रावलले स्थानीयले स्वागत गर्दा मास्कसमेत निकालेर भीडभाडमा बसे । सोमबार कालिकोट पुगेका मुख्यमन्त्री शाही र मन्त्री रावलले बजारमा ठूलो भीड जम्मा पारेर स्थानीयको स्वागत स्वीकार गरेका छन् ।

सरकारले लकडाउनका बेला अत्यावश्यक काम भए २५ जनाभन्दा बढी भेला हुन नपाइने र सामाजिक दूरी कायम राख्ने नियम बनाएको छ । कर्णाली प्रदेश सरकारले त्यसविपरीत अहिले ठाउँठाउँमा जाने र नियमको उल्लंघन आफैँले गरेको भनेर आलोचनासमेत भएको छ ।