कालापानीमा नेपाली सेनाको हेलिकप्टर जाँदै

कालापानीमा नेपाली सेनाको हेलिकप्टर जाँदै

कालापानी नजिकै सशस्त्र प्रहरी बलको फौज राख्न बुधबार नेपाली सेनाको हेलिकप्टर काठमाडौंबाट उड्ने भएको छ । यसका लागि गृह मन्त्रालयले सैनिक हवाई महानिर्देशनालयलाई पत्राचार गरिसकेको छ । सेनाको हवाई निर्देशनालयबाट स्वीकृति प्राप्त भएपछि सशस्त्र प्रहरीको फौजसहित बन्दोबस्तीको सामान बोकेर बुधबार दार्चुलातर्फ टोली जान लागेको हो ।

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ को निर्देशनपछि सेनालाई पत्राचार गरिएको मन्त्रालयका एक अधिकारीले बताए । हाल सशस्त्र प्रहरीको ५० गुल्म हेडक्वार्टर दार्चुला सदरमुकाम खलंगामा छ । त्यहाँबाट विवादित नेपाली भूमि पुग्न करिब ५ दिनको यात्रा गर्नुपर्छ ।

अब कालापानीबाट दश किलोमिटरको दुरीमा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट (बीओपी) राख्न लागिएको हो ।