सप्तरीमा भेटिएका कोरोना भाइरस संक्रमित युवकलाई स्वाब संकलन पश्चात क्वारेन्टाइनबाट घर गएको पाइएको छ । लकडाउनको समयमा चितवनबाट पैदल हिँडेर वैशाख ९ गते सप्तरीमा आइपुगेका उनीसहित १३ जनालाई डाक्नेश्वरी नगरपालिकन– ५ पातोस्थित कान्तचन्द्र माविको क्वारेन्टाइनबाट राखिएको थियो । २५ गते उनीहरुको थ्रोट स्वाब संकलन गरियो ।
आइतबार उनी वडा नम्बर ३ तरहीस्थित घर गएको थिए । ‘स्वाब लिएर परीक्षणका लागि पठाए उनीसहित १३ जनालाई घर पठाइएको थियो’ वडा अध्यक्ष प्रदीप साहले भने, ‘लक्षण पनि नदेखिएको र क्वारेन्टाइनमा बसेको १९ दिनभन्दा बढी भएकाले घर पठाएका हौं ।’ उनीहरु आइतबार घर गएका थिए ।
तर भोलिपल्ट उनलाई कोरोना संक्रमण भएको रिपोर्ट आयो । रिपोर्ट पोजेटिभ आएपछि खोजी गर्दा उनी घरमा थिएनन् । उनी पातो बजारमा हजुरआमासँग भेटिएका हुन् । उनीसँगै रहेका हजुरबा र हजुरआमालाई एम्बुलेन्समा राखेर गजेन्द्रनारायण सिंह अस्पताल राजविराज पठाउने तयारी गरिएको बताए । उनलाई गजेन्द्रनारायण सिंह अस्पतालको आइसोलेसनमा राखिनेछ ।
परिवारका सदस्य र उनले भेटघाट गरेका व्यक्तिहरुको खोजी भैरहेको छ ।