भारतीय राजदूतलाई परराष्ट्रमन्त्रीको प्रश्न, नेपाली भूमिमा किन बाटो बनाएको ?

भारतीय राजदूतलाई परराष्ट्रमन्त्रीको प्रश्न, नेपाली भूमिमा किन बाटो बनाएको ?

सरकारले लिपुलेकमा नेपाली भूमि मिचेर बाटो बनाएको बिषयमा भारतसँग संवाद थालेको छ । परराष्ट्र मन्त्रालयले भारतीय राजदूत विनयमोहन क्वात्रासँग लिपुलेकमा नेपाली भूमि मिचेर सडक खनेको विषयमा जानकारी लिएको छ ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले राजदूतलाई नेपाली भूमिका बाटो निर्माण गरेको विषयमा भारतको धारणा मागेका छन् । राजदूतलाई मन्त्री ज्ञवालीले जानकारी गराउन आग्रह गर्दै बिना सूचना सडक निर्माण किन भएको भनेर प्रश्न गरेको परराष्ट्र मन्त्रालय श्रोतले जानकारी दियो ।

नेपालका तर्फबाट कुटनीतिक नोटसमेत राजदूतमार्फत भारतलाई दिइएको परराष्ट्रका एक अधिकारीले बताए । भारतीय हर्कतका विषयमा यसअघि परराष्ट्रले हस्ताक्षर बिनाको बिज्ञप्ति जारी गर्दै विरोध जनाइसकेको छ ।