भारतबाट लुकिछिपि नेपाल आएका थिए कपिलवस्तुका सङ्क्रमित

कपिलवस्तुमा सोमबार १० जना संक्रमित थपिएका छन् । उनीहरू सबै जना जना पुरुष रहेका र उनीहरू मध्ये केहि सबै मुम्बई शहरबाट आएको खुलेको छ। उनीहरू मध्ये केहि केहिदिन अगाडी मुम्बईबाट आएका र लुकेर बसिरहेको बताइएको छ ।

यसअघि संक्रमित पुष्टि भएका ५ जना युवक पनि भारतको मुम्बईबाट नै नेपाल भित्रिएका थिए। आज संक्रमित १० जना मध्ये पनि केहि लुकिछिपि रातिको समयमा भारतबाट नेपाल प्रवेश गरेका हुन्। सोमबार पुष्टि भएका संक्रमित भएकामध्ये दुईजना बुद्धभूमि नगरपालिका वडा नम्बर ७ र १० का र बाँकी ८ जना यशोधरा गाउँपालिका-५ का छन्।

रातिको समयमा लुकेर नेपाल प्रवेश गरेको थाहा पाएलगत्तै उनीहरूलाई नजिकैको क्वारेन्टाइनमा राखिएको थियो। केन्द्रबाट पठाएको टोलीले केहीदिन अघि २९० जनाको स्वाब नमूना संकलन गरेको र तीमध्ये आजसम्म ९९ जनाको परीक्षण रिपोर्ट र त्यसमा १० जनामा संक्रमण देखिएको पुष्टि भएको छ भने आन्यको आउन बाँकी छ ।

संकलन गरिएका नामुमा मध्य थप १९१ जनाको नमूना परीक्षण हुन बाँकी रहेको छ। यसअघि पनि सोही क्षेत्रका ६५ जनाको नमूना संकलन गरिएको थियो। तीमध्येका पाँचजनामा संक्रमण पुष्टि भइसकेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परिक्षणमा १० जनामा संक्रमण पुष्टि भएको हो।