विराटनगरमा थप दुई जना संक्रमितले जिते कोरोनालाई

विराटनगरमा थप दुई जना संक्रमितले जिते कोरोनालाई

विराटनगरको कोरोना अस्पतालमा उपचार गराइरहेका थप दुई जना आज डिस्चार्ज भएका छन् । कोरोना विशेष अस्पतालमा उपचार गराइरहेका भोजपुर र झापाका एक एक जना निको भएका कोसी अस्पतालका मेडिसिन विभागका प्रमुख दीपक सिग्देलले जानकारी दिए ।

योसँगै प्रदेश १ मा कोरोना उपचारपछि निको भएर घर फर्किनेको सङ्ख्या १६ पुगेको छ। विराटनगर अस्पतालमा अहिले १९ जनाको उपचार भइरहेको छ। प्रदेश १ मा हिजो थप एक जनामा कोरोना पोजेटिभ पुष्टि भएको थियो।

उदयपुरको भुल्केमा एक महिलालाई कोरोना पुष्टि भएको हो । योसँगै प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या ३५ पुगेको हो। देशभर कोरोना जित्ने संक्रमितको संख्या ३३ पुगेको छ ।