कोरोना महामारीका असर न्यूनीकरणमा बजेट केन्द्रित हुनेः यस्ता छन् सिद्धान्त र प्राथमिकता, पढ्नुस् पूर्णपाठ

कोरोना महामारीका असर न्यूनीकरणमा बजेट केन्द्रित हुनेः यस्ता छन् सिद्धान्त र प्राथमिकता, पढ्नुस् पूर्णपाठ

काठमाडौँः सरकारले आगमी वर्षको बजेटलाई कोरोनाले पारेको बहुपक्षीय असर न्यूनीकरणमा केन्द्रित गर्ने भएको छ । कोरोनाका कारण गुमेको रोजगारी सिर्जना, कृषि क्षेत्रमार्फत आन्तरिक उत्पादनको बढवा, पर्यटन क्षेत्रको पुनरुत्थान लगायतलाई प्राथमिकता दिन लागिएको हो ।

बजेटको सिद्धान्त र प्राथमिकता आइतबार संघीय संसद्का दुबै सदनमा पेस भएको छ ।

यस्तै, पूर्वाधारसहितको गुणस्तरीय स्वास्थ्य सेवालाई पनि प्राथमिकतामा राखिएको छ । यसका लागि प्रदेश र स्थानीय तहसँग समन्वय हुनेछ । यस्तै, निजी क्षेत्रका लागि प्रोत्साहन, राष्ट्रिय पुँजी निर्माणमा पनि बजेट केन्द्रित हुनेछ ।

रोजगारी सिर्जना, एकीकृत सामाजिक सुरक्षा, सार्वजनिक सेवाको सहज उपलब्धतालाई पनि सरकारले प्राथमिकतामा राखेको छ ।

हेर्नुस् पूर्णपाठ