प्रहरीमाथि हातपात गर्ने चार जना चिनियाँ नागरिकलाई १० दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालयले अनुमती दिएको छ । स्वदेश फिर्ता जान पाउनुपर्ने माग गर्दै शुक्रबार चिनियाँ नागरिकको समूहले सिहंदरबार गेटमा प्रर्दशन गरेका थिए ।
लकडाउनको समय र निषेधित क्षेत्रको प्रर्दशन रोक्न खोज्दा चिनियाँ प्रहरीमाथी आक्रमण गरेका थिए । सो क्रममा डीएसपीसहित दुई प्रहरी घाइते भएका थिए ।
महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी श्यामलाल ज्ञवालीले म्याद थप भएसंगै थप अनुसन्धान जारी रहेको बताए ।