आइतबारदेखि उपत्यकामा सवारी चलाउन नयाँ नियम, के भयो व्यवस्था?

आइतबारदेखि उपत्यकामा सवारी चलाउन नयाँ नियम, के भयो व्यवस्था?

काठमाडौँः उपत्यकामा आइतबारदेखि सवारीसाधन सञ्चालनमा नयाँ व्यवस्था लागू हुने भएको छ । लकडाउन आंशिक रुपमा खुकुलो बनाइएपछि ट्राफिक व्यवस्थापनका लागि नयाँ नियम लागू गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

नियमानुसार बिहान ६ बजेदेखि उपत्ययकाभित्र निर्माण सामाग्री बोकेका सवारी साधन चल्न पाउने छैनन् । यस्ता सवारी राति ८ बजेदेखि बिहान ६ बजेसम्म मात्र सञ्चालनमा आउनेछन् ।

यस्तै, सरकारी नम्बर प्लेटका सवारीसाधन बिहान ९ देखि १० र साँझ ५ बजेदेखि ६ बजेसम्म कर्मचारी ल्याउन पु¥याउन सञ्चालन हुनेछन् ।

बैंक तथा वित्तीय संस्थाका सवारीसाधन बिहान ९ देखि १० र दिउँसो ३ देखि ५ बजेसम्म सञ्चालन हुनेछन् ।

प्रहरीका अनुसार अर्को सूचना जारी नभएसम्म यही व्यवस्था लागू हुनेछ ।