सशस्त्र प्रहरीका २२ डिएसपी एसपीमा सिफारिस

सशस्त्र प्रहरीका २२ डिएसपी एसपीमा सिफारिस

सशस्त्र प्रहरीका २२ जना प्रहरी नायव उपरिक्षक (डीएसपी) प्रहरी उपरिक्षकमा बढुवाका लागि सिफारिस भएका छन् । शुक्रबार साँझ बसेको बढुवा सिफारिस समितिको बैठकले साधरण समुहको साधरण उपसमुहतर्फ रिक्त रहेको २२ पदमा २२ जना डीएसपीको नाम सिफारिस गरिएको बढुवा सिफारिस समितिको सचिवालयले जनाएको छ ।

बढुवा सिफारिसको पहिलो नम्बरमा समिर कुमार महर्जनको नाम परेको छ । दोस्रोमा महेश अधिकारी, तेस्रोमा दिपक कुमार थापा, चौथोमा राजु श्रेष्ठ रहेका छन् । बढुवाका लागि सिफारिस भएका अन्यमा विजय कुमार केसी, सुधिर सुवेदी, सुरेश सापकोटा, मनोज थापा, प्रकाश कुमार सुवेदी, दिपेन्द्र कुँवर (क), सुरेन्द्र बुढाथोकी, हर्कबहादुर विष्ट रहेका छन् ।

यस्तै महेश केसी, संजय भट्टराई, अर्जुन खत्री, जनकराज बस्नेत, नरबहादुर रावत, दिपेन्द्र गिरी, सुभाष भण्डारी, राजेन्द्र थापा, पूर्णबहादुर साउद र द्रोण कुमार बिष्टको नाम बढुवाका लागि सिफारिस भएको छ । बढुवाप्रति चित्त नबुझे सात दिन भित्र उजुरी दिन पनि डीएसपीहरुलाई बढुवा सिफारिस समितिले भनेको छ।