भारतीय दूताबास अगाडि प्रदर्शन गर्न हिंडेका विद्यार्थी नेताहरु बाटोमै पक्राउ

भारतीय दूताबास अगाडि प्रदर्शन गर्न हिंडेका विद्यार्थी नेताहरु बाटोमै पक्राउ

नेपाली भूमि अतिक्रमण गर्दै मानसरोवर जाने बाटो बनाएको विरोधमा भारतीय दूताबास अगाडि प्रदर्शन गर्न खोज्नेहरुलाई प्रहरीले पक्राउ परेको छ । सत्तारुढ नेकपा सम्वद्ध अनेरास्ववियुले प्रदर्शन गर्न खोजेको थियो ।

उत्तर ढोकामा जम्मा हुनासाथ उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले २० जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ परेका विद्यार्थीहरुले भारतबिरोधी नाराबाजी गरेका थिए ।

भारतीय गृहमन्त्री राजनाथ सिंहले शुक्रबार मात्र धार्चुला लिपुलेक लिंक रोडको उद्घाटन गरेका थिए । तिब्बतमा रहेको कैलाश मानसरोवर यात्राका लागि भारतले उत्तराखण्डस्थित धार्चुला क्षेत्रको पिथौरागढबाट नेपालको दार्चुलाको गुन्जी क्षेत्रबाट लिपुलेक पुग्ने सडकमार्ग खोलेको हो ।

नेपाली पक्षसँग सल्लाह नै नगरी भारतले सडक मार्ग खोलेको हो । नेपालले उक्त भूभाग आफ्नो रहेको र त्यसलाई त्रिदेसिय विन्दु बनाउन सक्ने सम्मको लचकता देखाउँदा समेत भारतले एकतर्फी रूपमा यस्तो सडक निर्माण गरेको हो ।