युएईमा एकैदिन २२ नेपाली महिला कामदारमा कोरोना संक्रमण पुष्टि

युएईमा एकैदिन २२ नेपाली महिला कामदारमा कोरोना संक्रमण पुष्टि

युएईमा एकै दिन २२ नेपाली महिला कामदारहरुमा कोरोना भाइरसको संक्रमण भेटिएको छ। शारहजाको एक क्लिनिङ कम्पनीमा एकैदिनमा ६१ जना महिला कामदारहरुमा कोभिड-१९ पोजिटिभ देखिएको थियो । पोजिटिभ हुनेमा २२ जना नेपाली महिला कामदारहरु रहेको बताइएको छ ।

संक्रमित हुनेहरुलाई कम्पनीले आफ्नै क्वारेन्टाइन बनाएर अलग राखेको छ। उक्त कम्पनीमा सयको हाराहारीमा नेपाली महिला कामदारहरु कार्यरत छन् । उनीहरु स्कुल, कलेज, बैंक, विभिन्न अफिसहरुमा हाउस किपिङको काम गर्छन्। स्कुल, कलेजमा काम गर्नेहरु बेतलबी बिदामा छन्भने बैंक तथा अन्य प्रतिष्ठानहरुमा काम गर्नेहरु नियमित ड्युटी गरिरहेका छन्।

दुबईमा मात्र अहिलेसम्म ४४ जना नेपाली संक्रमित भएका छन् । जसमध्ये १२ जना उपचार पछि निको भएको, ५ जनाले कम्पनी क्वारेन्टाइनमा, २ जनाले आफ्नै निवासको सेल्फ क्वारेन्टाइनमा र २५ जनाले दुबई सरकारको क्वारेन्टाइनमा स्वास्थलाभ गरिरहेका छन्।

गैर आवासीय नेपाली संघ(एनआरएनए) युएईका अध्यक्ष प्रकाश कोईरालाका अनुसार हाल सम्म युएईका सबै राज्यमा गरी एकसय ४९ जना नेपाली कोरोना संक्रमित भएका छन् । जसमा २७ जना उपचारपछि निको भएका छन् भने ६ जना नेपालीले कोरोनाका कारण ज्यान गुमाएका छन्।