कोरोना अपडेटः ज्यान गुमाउनेको संख्या २ लाख ७६ हजार नाघ्यो

कोरोना अपडेटः ज्यान गुमाउनेको संख्या २ लाख ७६ हजार नाघ्यो

विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या २ लाख ७६ हजार २२५ पुगेको छ । ४० लाख १२ हजार ७७० जना संक्रमित भएका छन् । संक्रमितमध्ये १३ लाख ८२ हजार ३९४ जना उपचारपछि निको भएका छन् । अहिले २३ लाख ५३ हजार १२ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

यो संक्रमणबाट शुक्रबार एकैदिन ५ हजार ५०८ जनाले ज्यान गुमाएका छन् भने ९६ हजार १८४ जनामा नयाँ संक्रमण देखिएको छ । चीनको वुहानबाट शुरु भएको यो महामारीको विश्वमा सबैभन्दा धेरै संक्रमण अमेरिकामा फैलिएको छ । अमेरिकामा पछिल्लो २४ घण्टामा थप १ हजार ६२९ जनाको मृत्यु भएको छ । योसँगै कुल मृतक संख्या ७८ हजार ५५७ पुगेको छ ।

अमेरिकापछि कोरोना भाइरसको सबैभन्दा धेरै संक्रमण देखिएको स्पेनमा २ लाख ६० हजारभन्दा बढी संक्रमित भएका छन् । स्पेनमा कोरोना भाइरसले मृत्यु हुनेको कुल संख्या २६ हजार २९९ पुगेको छ भने कुल संक्रमितको संख्या २ लाख ६० हजार ११७ पुगेको छ ।

कोरोना भाइरसको संक्रमणबाट बेलायतमा ३१ हजार २४१ जनाको मृत्यु भएको छ । २ लाख ११ हजार ३६४ जना संक्रमित भएका छन् । कोरोना भाइरसको महामारीले इटालीमा एकै दिन २४३ जनाको मृत्यु भएको छ । योसँगै इटालीमा मृतकको संख्या ३० हजार २०१ पुगेको छ ।

नेपालमा भने १०२ जनामा संक्रमण देखिएकोमा ३१ जना उपचारपछि घर फर्किएका छन् । १५ हजार ४ सय ढद्द जनाको परीक्षण हुँदा १०२ जनामा संक्रमण देखिएको हो ।