अलपत्र चिनियाँ नागरिक र प्रहरीबीच झडप, डिएसपी घाइते, ३८ जना पक्राउ

अलपत्र चिनियाँ नागरिक र प्रहरीबीच झडप, डिएसपी घाइते, ३८ जना पक्राउ

लकडाउनका कारण नेपालमा अलपत्र परेका चिनियाँ नागरिक र प्रहरीबीच सिंहदरबार क्षेत्रमा झडप भएको छ । शुक्रबार सिंहदरबार प्रवेश गर्न खोजेपछि प्रहरीले प्रतिकार गर्दा झडप भएको हो ।

महानगरीय प्रहरी परिसरका एसएसपी श्याम ज्ञवालीका अनुसार चिनियाँ नागरिकहरू जम्मा भएर सिंहदरबार प्रवेश गर्न खोजेपछि झडप भएको हो । प्रहरीले बल प्रयोग गरेर उनीहरूलाई नियन्त्रणमा लिएको छ। प्रहरीले ३८ चिनियाँ नागरिकलाई पक्राउ गरी नगर प्रहरी कार्यालयमा राखिएको छ।

काठमाडौंस्थित चिनियाँ दूतावासले केहीलाई जहाज चार्टर्ड गरी स्वदेश पठाए पनि केही अझै नेपालमै अड्किएका छन्। उनीहरू आफ्नो देश फर्किन चाहन्छन् र धेरै अघिदेखि नै स्वदेश फर्किने प्रयास गरिरहेका थिए । उनीहरुले राजदूतावास गएर पनि घर पठाइदेऊ भन्ने खालका कुरा गरेका थिए।

झडपबाट महानगरीय प्रहरी वृत्त सिंहदरबारका डिएसपी हरि बस्नेत घाइते भएका छन् । उनको टाउकोमा चोट लागेको छ। उनको नजिकैको मेडिकलबाट उपचार गरिएको छ।