विराटनगर अस्पतालबाट आठ कोरोना संक्रमित डिस्चार्ज

विराटनगर अस्पतालबाट आठ कोरोना संक्रमित डिस्चार्ज

विराटनगरमा उपचार गराइरहेका सात नेपाली र एक जना भारतीय कोरोना संक्रमित निको भएपछि शुक्रबार अस्पतालबाट डिस्चार्ज भएका छन् । प्रदेश १ सरकारको कोशी कोभिड १९ अस्पतालले तीन–तीन पटक स्वाव परीक्षण गर्दा सबै पटक नेगेटिभ पाइएपछि उनीहरुलाई डिस्चार्ज गरेको हो ।

डिस्चार्ज हुने नेपालीमा पाँच जना उदयपुर र २ जना विराटनगरका छन् । एक जना भारत उत्तर प्रदेशका हुन् । उनीहरु सबैलाई प्रदेश १ का सामाजिक बिकास मन्त्री जीवन घिमिरे, कोभिड अस्पताका चिकित्सक र स्वास्थ्यकर्मीहरुले बिदाई गरेका थिए । उनीहरु सबैलाई थप १४ दिन क्वारेन्टाइमा राखिने अस्पताल प्रमुख डा. संगीता मीश्राले जानकारी दिइन् ।

यसअघि २४ बैसाखमा उपचाररत ६ जना भारतीयहरु संक्रमणको कुनै लक्षण नभटिएपछि यही अस्पतालबाट डिस्चार्ज भएका थिए । प्रदेश १ को कोभिड अस्पतालमा जम्मा ३१ जना संक्रमित उपचारका लागि भर्ना भएका थिए । आज डिस्चार्ज भएकाहरुसहित १४ जना निको भएर डिस्चार्च भैसकेका छन ।