थप दुई जनामा कोरोना संक्रमण पुष्टि, कपिलवस्तुका दुई युवाको नतिजा पोजेटिभ

थप दुई जनामा कोरोना संक्रमण पुष्टि, कपिलवस्तुका दुई युवाको नतिजा पोजेटिभ

काठमाडौँः नेपालमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कपिलवस्तुका १६ र २२ वर्षीय युवामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा भएको परीक्षणमा दुईको नतिजा पोजेटिभ आएको मन्त्रालयका सहायक प्रवक्ता समीकुमार अधिकारीले बताए।

योसँगै संक्रमितको संख्या १०१ पुगेको छ ।

दुबै युवाको अवस्था सामान्य रहेको र चिकित्सकको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ ।