काेराेनालाई जित्नेकाे संख्या बढ्दै, विराटनगरमा उपचाररत ८ जना पनि निकाे भए

विराटनगर । प्रदेश १ मा थप ८ जनाले कोरोना भाइरसको संक्रमणलाई जितेका छन्।

प्रदेश सरकारका सामाजिक विकास मन्त्रालयका अनुसार निकाे भएका उनीहरूलाई शुक्रबार अस्पतालबाट डिस्चार्ज गर्ने तयारी छ ।

यसअघि एक हप्ता अघि अर्थात गएकाे बुधबार मात्रै ६ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका थिए।

कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा २५ जना रहेका छन्। ८ जना डिस्चार्ज भएपछि १७ जना रहने छन्।