संसदमा काेराेना त्रासः सांसद र कर्मचारीकाे स्वाब संकलन, रिपाेर्टबिना संसदमा प्रवेश नपाउने

काठमाण्डौ । कोरोना सङ्क्रमणको जाेखिमलाई मध्यनजर गर्दै संघीय सांसदहरुकाे स्वाब नमूना संकलन गरिएकाे छ ।

स्वास्थ्य मन्त्रालयसँगकाे समन्वयमा संसद सचिवालयले सांसद, कर्मचारी र मर्यादापालकहरुकाे काेराेना परिक्षणका लागि स्वाब नमूना संकलन गरेकाे हाे ।

जसअन्तर्गत बिहीवार दिनभरमा ४ सय ४१ जनाको (थ्रोट) स्वाब संलकन गरिएको छ । 

प्रतिनिधिसभाका १ सय ७९ जना सदस्य, रास्ट्रियसभाका ३३ जना सदस्य र कर्मचारी र मर्यादापालक २ सय २९ जना गरी जम्मा ४ सय ४१ जनाको स्वाब संकलन गरिएको हो । उनीहरुकाे रिपाेर्ट भाेलि बिहानसम्ममा आइपुग्ने संसद सचिवालयले जनाएकाे छ ।

आज छुटेकाहरुकाे स्वाब शुक्रबार बिहान ८ बजे देखि १० बजेसम्म अन्तररास्ट्रिय सम्मेलन केन्द्रमै संकलन गरिने छ । 

संसदकाे वर्खे अधिवेशन भाेलिदेखि सुरु हुँदैछ । काेराेनाकाे सम्भावित जाेखिमलाई मध्यनजर गर्दै काेराेना संक्रमण रिपाेर्ट नेगेटिभ आएका सांसद र कर्मचारीलाई मात्र संसद भवनमा प्रवेश दिइने पनि संसद सचिवालयले जनाएकाे छ ।