प्रधानमन्त्रीले बीचमै बैठक छाडेपछि नेकपा सचिवालय अनिर्णितः स्थायी समिति अनिश्चित, ओली र प्रचण्ड छलफलमा

काठमाडौँः बैठक चलिरहेको बेला प्रधानमन्त्री ओली आराम गर्न भन्दै निस्किएपछि नेकपा सचिवालय बैठक अवरुद्ध भएको छ । बैठक अवरुद्ध भएपछि शुक्रबारका लागि तय भएको स्थायी समिति बैठक अनिश्चित भएको छ । स्थायी समितिमा लैजाने एजेण्डामा पनि सहमति भएको छैन ।

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्रीले स्वास्थ्यमा समस्या देखाएर आराम गर्न चाहेको बताएपछि बैठक स्थगित भएको हो । बैठक स्थगित भएपछि अध्यक्ष ओली र प्रचण्डबीच बालुवाटारमै छलफल भइरहेको छ ।

स्थायी समितिको प्रस्तावमा दुई अध्यक्षबीच विवाद मिलेमा शुक्रबारको बैठक बस्नेछ । अन्यथा सचिवालय स्थगन हुनेछ ।