वीरगंजमा एकै परिवारका १७ जनामा कोरोना पोजेटिभ, दुई महिने शिशु पनि संक्रमित

वीरगंजमा एकै परिवारका १७ जनामा कोरोना पोजेटिभ, दुई महिने शिशु पनि संक्रमित

काठमाडौँः वीरगंजमा एकैदिन १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार बुधबारको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो। उनीहरु एकै परिवारका हुन्।

संक्रमितहरु दुई महिने शिशुदेखि ६७ वर्ष उमेर समूहका छन्। जसमा दश जना पुरुष र सात जना महिला छन्।

यस्तै, यसअघि निको भइसकेका तीन जनामा पनि पुनः संक्रमण देखिएको डाक्टर देवकोटाले बताए।

पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टका ५८ वर्षीय पुरुषमा पुनः संक्रमण देखिएको हो। उनी वैशाख ११ गते डिस्चार्ज भएका थिए। यस्तै, यसअघि वैशाख १४ गते डिस्चार्ज भइसकेका पर्सा र रौतहटका दुई जनामा पनि पुनः पोजेटिभ देखिएको छ।

एकैदिन ठूलो संख्यामा संक्रमित थपिएसँगै कूल संख्या ९९ पुगेको छ । जसमा ७७ जना पुरुष र २८ जना महिला छन् ।